site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement


लन्डन । मध्य लन्डनमा शनिबार राति भएको दुई वटा आतङ्ककारी आक्रमणमा सम्लग्न रहेको आशङ्कामा प्रहरीले आइतबार बाह्रजनालाई पक्राउ गरेको छ । पूर्वी लण्डनमा पक्राउ परेका उनीहरू विभिन्न स्थानमा शङ्कास्पद रूपमा भेटिएका थिए । 

प्रहरीले थप शङ्कास्पद व्यक्तिको खोजिगरिरहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार राति भएको दुई आक्रमणमा परी सात जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सवैजनालाई उपचारार्थ विभिन्न पाँच अस्पतालमा भर्ना गरिएको छ । केही व्यक्ति सामान्य उपचारपछि घर फर्किएका छन् । 

घटनामा संलग्न भएका तीन जना संदिग्ध हमलाकारी प्रहरीको प्रत्याक्रमणमा मारिएका थिए । 

Global Ime bank

बेलायतमा केही दिन पहिले आयोजित साङ्गितिक साँझको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै म्यान्चेस्टरमा भयानक विस्फोट गरी २२ जनाको हत्या गरिएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । रासस÷एएफपी 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०७४  ०२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC