site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोलम्बो । युरोपेली आयोगले बाढी पहिरोबाट पीडित श्रीलङ्कालाई मानवीय सहायता कोषमार्फत तीन लाख युरो छुट्याइएको जनाएको छ । 

बाढीपिडित समुदायका लागि आपत्कालीन सहयोगस्वरुप इयुले श्रीलङ्कालाई दिइने शुक्रबार जानकारी दिएको छ । 

“इयुले दिएको सहयोग तल्लो तहका सबैभन्दा बढी प्रभावित परिवारका सदस्यहरुलाई हो, यो युरोपियन मुलुकका जनताको तर्फबाट श्रीलङ्काका जनताका लागि ऐक्वबद्धता हो,” युरोपेली आयोगको मानवीय सहायता र सङ्कट व्यवस्थापन आयुक्त क्रिष्टोस् स्टीलिअनीदेस भने ।  

Prabhu Bank
Agni Group
NIC Asia

इयुले प्रभावित क्षेत्रका मान्छेहरुलाई खाद्यान्न, खानेपानी, सरसफाइका सामग्री, आश्रयस्थललगायत अत्यावश्यक भएको पनि जनाएको छ । 

श्रीलङ्कामा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म २०६ पुगेको र ९२ जना अझै हराइरहेको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ । 

Global Ime bank

केन्द्रका अनुसार यस प्रकोपको कारण झन्डै छ लाख ५० हजार सर्वसाधारण प्रभावित भएका छन् भने, एक लाख जना सुरक्षित स्थानमा विस्थापित भएका छन् । 

बाढी पहिरोका कारण १० हजार घर पूर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । 

संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ्य सङ्गठन, विश्व बालबालिका कोष, भारत, पाकिस्तानलगायत अन्य मुलुकले यस बाढिपहिरो पीडित जनतालाई उल्लेखनीय परिमाणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य उद्धार सामग्रीको सहयोग पठाइरहेका छन् । 

श्रीलङ्कालाई सन् २००३ देखि बाढी पहिरोले नराम्ररी सताउन थालेको हो । त्यस वर्ष परेको भीषण वर्षात्ले दुई सय पचास जनाको मृत्यु हुनाको साथै दश हजार जति घरधुरी नष्ट भएका थिए । रासस/सिन्ह्वा 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC