site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

वासिङ्गटन । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सीधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउँद 

झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र आत्मिय सद्भाव भन्न सकिए ता पनि यसलाई पदीय कूटनीतिक शिष्टाचारको पालना गर्न बिर्सिएको ठान्छन् अमेरिकी सञ्चार सुरक्षाकर्मीहरु । अमेरिकी सेनाध्यक्षसमेत रहनु भएका राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नुहुँदा त्यसलाई पूर्ण सञ्चार सुरक्षा तथा गोप्यताको आवरण दिन हम्मे हम्मे परेको छ सञ्चार सुरक्षाकर्मी हरुलाई । 

Prabhu Bank
Agni Group
NIC Asia

हिजो अस्ति मात्र राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोलाई आफ्नो निजी मोबाइल नम्बर दिई प्रत्यक्ष फोन सम्पर्क गर्न आग्रह ग/] । उपरोक्त दुईजनामध्ये क्यानाडाली प्रधानमन्त्री ट्रुडोले सीधै फोन सम्पर्क गर्नु पनि भयो । 
त्यस्तै, यस महिनाको शुरुमा फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोँलाई पनि उपलब्ध गराइएको निजी मोबाइल फोन नम्बरमा राष्ट्रपति म्याक्रोँले आफ्नो बिजयपश्चात् धेरै पटक राष्ट्रपति ट्रम्पसंग सीधै फोन सम्पर्क गर्नु भैसकेको छ । साथै, रुसका राष्ट्रपति तथा उच्च पदाधिकारीहरु, अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुल तथा मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोले राष्ट्रपति ट्रम्पसँग सीधै मोबाइल फोन सम्पर्क गर्नु भएको छ । 
आधुनिक मोबाइल संसारमा बिश्वका ठूला नेताहरुले एक आपसमा मोबाइल फोनमा कुराकानी गर्नु सामान्य कुरा जस्तो लागे ता पनि कूटनीतिक क्षेत्रमा सुरक्षा र गोप्यताको दृष्टिकोणले मोबाइल फोन सम्पर्क बान्छनीय हुँदैन । 

बिश्वका दुई राष्ट्र प्रमुख वा सरकार प्रमुखबीच हुने भलाकुसारी होस् वा कुनै औपचारिक वार्ता, यसले अवश्य पनि राष्ट्रिय स्वार्थ वा अलग्गै महत्व धारण गरेकै हुन्छ । त्यसमाथि, कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखले यसरी अत्यधिक निजी मोबाइल फोन प्रयोग गरी वार्ता गर्दा आफ्नै देशको औपचारिक राष्ट्रिय सञ्चारउपर बिश्वास नगरेको वा यसलाई बेवास्ता गरेको भन्ने सन्देश जान सक्छ । 

Global Ime bank

अत्यधिक निजी मोबाइल फोनको प्रयोगले कूटनीतिक अनुशासन तथा मर्यादाको सीमा नघाएको हो कि भन्ने सन्देश पनि स्वतः जान्छ । अत्यधिक निजी मोबाइल फोनको प्रयोग गर्दा धेरै सूचना तथा कुराकानीहरु चुहिएर गै कति पटक राष्ट्रपति ट्रम्पलाई झस्किनु पर्ने अवस्थासम्म पनि पु¥याए ता पनि कूटनीतिक प्रयोजनमा उहाँले निजी मोबाइल फोन प्रयोग कम गर्नु भएको छैन । 

राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि अब औपचारिक कूटनीतिक सञ्चार मार्गका अतिरिक्त राष्ट्रपतिका सबै निजी मोबाइलका सञ्चार मार्गको सुरक्षा र गोप्यताको बलिष्ठ ब्यवस्थापनतर्फ लाग्ने जनाएको छ । यद्यपि यस्तो कार्य त्यत्ति सहज र पूर्णतया भर पर्दो भने मानिएको छैन ।रासस ÷एपी 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०७४  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC