site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यमनमा सेना र हुथी विद्रोहीबीचको भिडन्तमा ११ जनाको मृत्यु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

एडेन । यमनको दक्षिणी प्रान्त लाहजमा यमनी सरकारी सेना र हुथी विद्रोहीबीच मंगलबार बिहान भएको झडपमा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

"सरकार नियन्त्रित प्रान्त लाहजको अलकार्ब क्षेत्र वरपर थुप्रै सशस्त्र हुथी आक्रमणकारीहरू र सरकारको चौथो ब्रिगेडका सिपाहीहरू बीच भीषण झडप भयो," स्थानीय सैन्य अधिकारीले नाम नछाप्ने सर्तमा भनेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

झडपमा ६ हुथी लडाकु र पाँच सरकारी सैनिकको मृत्यु भएको बताइएको छ ।   घटनाबाट नजिकैका गाउँहरूमा  ठूलो संख्यामा स्थानीय बासिन्दाहरूलाई घरबारविहीन बनाएको छ ।

झडपपछि स्थानीय सरकारी अधिकारीहरूले आफ्ना सेनाहरूलाई सतर्क रहन र यमनी सरकारको अस्थायी राजधानी एडेन नजिकै रहेको लाहजमा हुथीहरूको आक्रमणलाई रोक्न आदेश दिएका छन् । यसैबीच अन्तर्राष्ट्रिय समुदायको आह्वानका बाबजुद पनि हुथीहरूले सरकार नियन्त्रित प्रान्तहरूमा आफ्नो भूमिगत सैन्य आक्रमण जारी राखेका छन्।

Global Ime bank

मारिब र शाब्वाको तेल सम्पन्न प्रान्तहरूमा हुथी आक्रमणको संख्यामा वृद्धि भएपछि यमनको सरकारले शुक्रबार युद्धग्रस्त अरब देशमा पूर्ण मात्रामा सैन्य द्वन्द्वमा फर्किने सम्भावित चेतावनी दिएको छ । गत वर्ष अप्रिलमा संयुक्त राष्ट्रसंघले मध्यस्थता गरेको युद्धविराम छ महिनापछि समाप्त भएपछि यमनले स्थानीय युद्धरत गुटहरूबीच छिटपुट सशस्त्र टकराव बेहोरिरहेको छ।

सन् २०१४ देखि यमन विनाशकारी गृहयुद्धमा फसेको छ ।  हुथीहरूले अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार र यसको सहयोगीहरू, (जसमा साउदी अरेबियाको नेतृत्वमा गठबन्धन बनेको छ)  विरुद्ध लडिरहेको छन्। रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC