site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अर्थ मन्त्रालयका ६ सहित २६ सहसचिवको सरुवा (सूचीसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।

हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।

Agni Group

यीमध्ये चार सहसचिव अर्थ मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । सुवेदी आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए भने शर्मा प्रशासन महाशाखा प्रमुख थिए । त्यस्तै, बराल राजस्व महाशाखा प्रमुख थिए । केसी भने वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । 

सरकारले आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख सुवेदीलाई राष्ट्रिय योजना आयोजको सचिवालयमा सरुवा गरेको छ । त्यसैगरी प्रशासन महाशाखा प्रमुख शर्मालाई गृह, राजस्व महाशाखा प्रमुख बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख केसीलाई स्वास्थ्य, जितेन्द्र बस्नेतलाई गृह र यज्ञराज कोइरालालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

Global Ime bank

त्यस्तै, सेवन्तक पोखरेल, श्रीकृष्ण नेपाल, धनिराम शर्मा, रामप्रसाद आचार्य, रमेश अर्याल र झक्कप्रसाद आचार्य भित्रिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC