site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलेसियामा पहिलाेपटक त्रिशंकु संसद बन्दै
Sarbottam CementSarbottam Cement

क्वालालम्पुर । मलेसियामा समपन्न आम निवार्चनपछि मुलुककाे इतिहासमै पहिलोपटक त्रिशंकु संसद बन्ने भएको छ ।

विपक्षी नेता अनवर इव्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकातान हारापान गठबन्धन स्पष्ट बहुमत ल्याउन भने असफल भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, इस्माइल सावरी याकोवद्वारा नेतृत्व गरिएको सत्तारूढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा खराब चुनावी पराजय भोगेको छ । यसले आफूले लडेको १७८ सिटमध्ये केवल ३० सिट जितेको छ ।

नामुद राजनीतिज्ञ महाथिर मोहमद पनि पराजित भएका छन् । ५३ वर्षको इतिहासमा उनी पहिलोचोटि चुनावमा पराजित भएका हुन् ।

Global Ime bank

दशकौँदेखि मलेसियाली राजनीतिमा ९७ वर्षीय महाथिरको वर्चश्व रहँदै आएको थियो । उनी पहिलोचोटि सन् १९८१ देखि २००३ सम्म प्रधानमन्त्री बनेका थिए । उनलाई असीको दशकमा भएको मुलुकको तीव्र आर्थिक रूपान्तरणका लागि श्रेय दिइने गरिएको छ । 

अहिले मलेसियामा राजनीतिक अस्थिरता देखिएको छ । सन् २०१८ मा आम चुनाव भएयता मुलुकले तीनजना प्रधानमन्त्री पाइसकेको छ । 

यसपालिको चुनावमा पूर्वसत्तारूढ पार्टी यूएमएनओले पनि नराम्ररी हारेको छ । मतदाताहरू पेरिकातान नासिओनल र कन्जरभेटिभ इस्लामिक पार्टी पीएएसतर्फ आकर्षित भएका छन् । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC