site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विधिमा आधारित खुला व्यापारका लागि राष्ट्रपति सीको आह्वान
Sarbottam CementSarbottam Cement

ब्याङकक । चीनका राष्ट्रपति सी चिनफिङले विधिमा आधारित खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका छन् । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक)का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा उनले दिगो व्यापार र लगानी यस क्षेत्रको समग्र विकासका लागि अपरिहार्य भएको बताए । 

बहुपक्षीयतालाई वास्तविक रुपमा कायम राख्नुपर्ने र बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवं आपूर्ति शृङ्खलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा उनले जोड दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

खुला, भेदभावरहित व्यापार र लगानीको वातावरण निर्माण गर्न तथा सामूहिक हितको खातिर समावेशितामा ध्यान दिन उत्तिकै जरूरी भएको विचार चिनियाँ राष्ट्रपतिले व्यक्त गरे । 

क्षेत्रीय आर्थिक सहयोग संरचना निर्माण, साना तथा मझौला उद्यमको विकास, एसिया–प्रशान्त क्षेत्रको बजार प्रवद्र्धन, आर्थिक पुनरुत्थान तथा दिगो विकासलाई सहज बनाउनेतर्फ लाग्नुपर्ने बताए । 

Global Ime bank

चीनले ग्रामीण क्षेत्रको पुनरुत्थान, एसिया–प्रशान्त क्षेत्रको समृद्धिका लागि खुला क्षेत्रीय सहयोगलाई समर्थन गर्ने, क्षेत्रीय आर्थिक सहयोगको स्तर उकास्ने, परिष्कृत प्रविधि प्रयोग गरेर नयाँ उत्पादन बजारमा पु¥याउन तथा उच्चस्तरको खुलापनप्रतिको आफ्नो प्रतिबद्धताबाट आफ्नो देश पछि नहट्ने दृढता राष्ट्रपति सीले व्यक्त गरे । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC