site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पहिलोपटक छोरीसँग देखिए उत्तर काेरियाली शासक किम जोङ उन
तस्बिर स्राेत : केसीएनए ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन आफ्नी छोरीसँग पहिलोपटक सार्वजनिक रूपमा देखा परेका छन् । 

किमकी छोरी किम चु–ए देशकै सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपणको निरीक्षणमा उनीसँगै सहभागी भएकी थिइन् । चु–एकाे अस्तित्वकाे बारेमा लामाे समयदेखि हल्ला चलेकाे थियाे । 

PIC00708981668842160.jpg

Prabhu Bank
Agni Group
NIC Asia

सो मिसाइल प्रक्षेपणको बेला बाबु–छोरी हात समाएर उभिएको देखिन्छ । उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनएले उनीहरूको थुप्रै तस्बिर सार्वजनिक गरेको छ । 

किमले विश्वकै सबैभन्दा रहस्यमय राज्यहरूमध्ये एकको नेतृत्व गर्छन्, र उनको व्यक्तिगत जीवनको बारेमा धेरै कम थाहा छ । 

Global Ime bank

वासिङ्टन डीसीको स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेन चु–एको सार्वजनिक उपस्थिति महत्वपूर्ण रहेको बताउँछन् । याे आफ्नै रक्तसम्बन्धमा चाैथाे पुस्ताकाे शक्ति हस्तान्तरण हुने देखाउने किमकाे तरिका हुनसक्ने उनकाे भनाइ छ ।

PIC00709031668842160.jpg

किम उत्तर कोरियाली शासकको तेस्रो पुस्ता हुन् । चु–ए उत्तर कोरियाली शासकको चौथो पुस्ता हुन् । 

उत्तर कोरियाका जानकारहरू किमका दुई छोरी र एक छोरा गरी तीन सन्तान हुन सक्ने ठान्छन् । चु–ए तीमध्ये जेठी हुन् र उनको उमेर १२–१३ वर्ष भएको हुनसक्ने अनुमान गरिएको छ ।

किमकाे छाेरीसँगकाे सावर्जनिक उपस्थितिलाई बीबीसीलगायत अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले प्राथमिकताका साथ खबर बनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC