अर्थ व्यवसाय
काठमाडौँ । आइतबार ७३ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको सेयर कारोबार भएको छ । एभरेष्टको प्रतिकित्ता ३ हजार ६५० रुपैयाँमा २० करोड ४३ लाख ४३ हजार ५८४ कित्ता सेयर कारोबार भएको छ । यस्तै सिभिल बैंकको प्रतिकित्ता ३१७ रुपैयाँमा ४ करोड बढी कित्ता सेयर किनबेच भएको छ ।
आइतबार बजार ३ अंक बढेर १ हजार ७ सयमा पुगेको छ । गत साउनमा बजार बढेर १ हजार ८८९ अंक पुगेको थियो । आइतबार बैंक, विकास बैंक, वित्त र विमाको सेयर मूल्य बढेको छ भने होटल र जलविद्युत समूहको घटेको छ । बजारमा सामान्य सुधार आएपछि बजार पुँजिरण पनि बढेर १८ खर्ब ८९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १५:५५
प्रतिक्रिया दिनुहोस्