site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आयोजना विकासमा राजनीतिक हाबी भयो : आयोग सदस्य श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले आयोजना विकासमा व्यावसायिकभन्दा राजनीतिक बढी हाबी भएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार आयोजना गरेको ‘बजेट वाच’अन्तर्गत ‘बजेट र औद्योगिक विकास’सम्बन्धी सार्वजनिक–निजी संवाद कार्यक्रममा सदस्य श्रेष्ठले आयोजना छनोट आवश्यकताका आधारमा हुनुपर्ने बताएका हुन् ।

यसरी राजनीतिक हाबी भएर आयोजना डिजाइन हुँदा बजेटको आकार बढ्ने, तर त्यसको प्रभावकारिता कम हुने उनको भनाइ छ । “आयोजना विकासमा २० प्रतिशत राजनीतिक र ८० प्रतिशत व्यावसायक भए उत्तम आयोजना छनोट हुन्थ्यो होला । सबै राजनीतिकबाट गएपछि आयोजनाको संख्या बढ्दो रहेछ,” उनले भने, “यो भएपछि बजेट कनिका छरेजस्तो हुने, अनि कार्यान्वयनमा जान नसक्ने अवस्था छ ।”

त्यस्तै, यसरी राजनीतिक हाबीबाट आयोजना आएपछि कतिपय कर्मचारीलाई आयोजना कहाँ छ भनेर नै थाहा नहुने अनुभव फेस गरेको उनको भनाइ छ । यो प्राय भौतिक, पूर्वाधार र सहरी विकास मन्त्रालयमा देखिएको उनको भनाइ छ ।

अहिले सरकारले ऋण लिएको साढे तीन खर्ब रूपैयाँ खर्च नभएको उनले बताए । कहाँ कसरी खर्च गर्ने भनेर एकीन नहुँदा पनि केन्द्रीय सरकारले लिएको ऋण परिचालनमा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

वित्तीय संघीयताको विषयमा पनि धेरै समस्या रहेको उनको भनाइ छ । “वित्तीय संघीयता धेरै कम्प्लिकेटेड बनाइएको छ । केन्द्रले पनि स्थानीयलाई पठाएको छ । केन्द्रले प्रदेशलाई पठाएको छ । प्रदेशले स्थानीयलाई पठाएको छ । ट्रेङगुलर टाइपको वित्तीय संघीयता छ,” श्रेष्ठले भने, “बजेट छैन । पैसा खर्च भएको छैन । तीन खर्ब खर्च नभएर बसेको छ । हाल ब्याजदर सस्तो भएकाले सहज भएको हो । तर, कुनै बेला ११/१२ प्रतिशत तिर्नु परेको अवस्था पनि थियो ।”

अहिले झन्डै चार खर्ब रूपैयाँ ऋणको सावाँ ब्याज तिर्न खर्च भइरहेको उनले बताए । त्यसैगरी मन्त्रालयका सचिवहरूलाई कम्तीमा दुई वर्ष एउटै मन्त्रालयम राख्नुपर्ने उनको भनाइ छ । त्यही मान्यताले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन यो कुरा राखेको उनले बताए । “प्रोजेक्ट म्यानेजरलाई आयोजना नसकिउन्जेल फेर्न हुँदैन । सरकारले पनि त्यही नीति लिने र उसलाई इन्सेन्टिभ दिनुपर्छ,” उनले भने, “यसरी आयोजना पुरा गर्ने जिम्मेवारी दिएपछि त्यसको रिजल्ट आउँछ ।” 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro