साहित्य
काठमाडौं । यस वर्षको साताको साहित्य पुरस्कार कवि बोनम प्रतापलाई दिने घोषणा गरिएको छ । पाठक प्रतिक्रिया र साताको साहित्यको छनोटका आधारमा साताको साहित्य डटकमले प्रतापलाई पुरस्कार दिने घोषणा गरेको हो । चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट प्रतापको रचनालाई बहुमतको आधारमा चयन गरेको हो । निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक-नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक-नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक-साताको साहित्य) रहेका थिए । यस अघि साताको साहित्य पुरस्कार रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास र नवराज पराजुलीका रचनाहरूलाई प्रदान गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३ १५:३९
प्रतिक्रिया दिनुहोस्