site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीबीसी अफ्रिकन प्लेअर अफ दि इअरका लागी ५ खेलाडी मनोनयनमा
काठमाडौँ । बेलायती समचार संस्था बीबीसीले अफ्रिकन प्लेअर अफ दि इअरका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । बबिीसीले  शनिबार राती अफ्रिकन प्लेअर अफ दि इअरका लागि ५ खेलाडीको नाम घोषणा गरेको हो । 
बीबीसीले सार्वजनिक गरेको खेलाडी सुचिमा इंलिस प्रिमियर लिग खेल्ने ४ खेलाडी परेका छन् । सूचीमा एक खेलाडी भने जर्मन बुण्डेसलिगाका परेका छन् । बीबीसीले सार्वजनिक गरेको सूचीमा यसपटक स्पेनिस ला लिगा फुटबल खेल्ने खेलाडी परेका छैनन ।
बीबीसीले सार्वजनिक गरेको यस वर्षको अवार्डको लागि इंगलिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड याया टुरे परेका छन् । आइभरीकोष्टका याया टुरे यो अवार्डको साबिकको विजेता पनि हुन् । उनले सन् २०१३ मा पनि यस अवार्ड जितेका थिए ।
त्यस्तै इन्ग्लिश प्रिमियर लिग च्याम्पियन लेस्टर सिटी रियाद महरेज पनि मनोनयनमा परेका छन् । अल्जेरियाका महरेज यस अवार्डका लागि पहिलोपटक नोमिनेसनमा परेका हुन् ।  यस्तै अवार्डका लागि इन्ग्लिश क्लब वेष्ट ह्याम युनाइटेडका आन्द्रे आयु र लिभरपुलका साडियो माने पनि परेका छन् । सेनेगलका माने गत वर्ष पनि नोमिनेसनमा परेका थिए ।  
जर्मन क्लब बोरुसिया डर्टमण्डका पियेर एमरिक औवामेयाङ पनि अन्तिम पाँच जनाको सुचिमा परेका छन् । गावोनका औवामेयाङ योसंगै लगातार चौथो पटक नोमिनेसमा परेका हुन् । 
सन् १९९१ बाट प्रदान गर्दै आएको यस अवार्डका बीबीसीले भोटिङका आधारमा प्रदान गर्ने गर्छ । बीबीसीले आफ्नो वेबसाइटमार्फत मनोनयनमा परेका सबै खेलाडीको भोटिङका लागि खुल्ला गरेको हुन्छ । र, त्यसबाट समर्थकहरुले मन परेको खेलाडीलाई भोटिङ गर्न पाउछ । 
समर्थकहरुले नोभेम्बर २८ सम्म आफूलाई मनपरेको खेलाडीलाई भोटिङ गर्न पाउनेछ ।  उक्त भोटिङमा सबभन्दा बढी भोट ल्याउने खेलाडीलाई डिसेम्बर १२ मा विजेता घोषणा गरिने छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro