site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी कपमा आर्मीको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार बाँके नेपालगन्ज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ३–० ले हरायो । 

आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरेका थिए । खेलको प्लेअर अफ दी म्याच आर्मीकै अनिता घोषित भइन् ।  

जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशको लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग वैशाख ९ गते खेल्नेछ । यस्तै पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।  

आर्मी फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा दोस्रो भएको थियो । आफ्ना तीन महत्त्वपूर्ण खेलाडी दीपा शाही, अमिषा कार्की र विमला चौधरीविना मैदान उत्रिएको आर्मीले पहिलो हाफमा मात्र एक गोल गरेको थियो । 

चक्र तामाङको प्रशिक्षणमा रहेको आर्मीलाई सुरुवाती अग्रता अनिताले चौथो मिनेटमै दिलाइन् । विमला विकले फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् । 

५१औँ मिनेटमा आर्मीले दोस्रो गोल थप्यो । प्राप्त फ्रिकिकलाई अनिताले सुन्दर गोलमा परिणत गरिन् । पूर्णिमा टाडीले १८ यार्ड बक्सनजिकै बल हातले छोएपछि रेफ्री कृति सेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी हुन् । 

चार मिनेटपछि नै आर्मीले तेस्रो गोल गरेको हो । यसपटक हिमा चौधरीले गोल गरिन् । शर्मिला थापाले मिलाएको बललाई अगाडि बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्‍याएकी थिइन् । 

७७औँ मिनेटमा आर्मीले अग्रता ४–० को बनायो । यसपटक वैकल्पिक खेलाडी तुलासाले गोल गरेकी हुन् । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् । उनको शक्तिशाली प्रहार सुदूरपश्चिमकी गोलकिपर सुनौनासँगै डिफेन्डरले रोक्न सकेनन् । 

पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएकोे प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । 

हरेक खेलका ‘प्लेयर अफ द म्याच र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पनि पुरस्कृत गरिने आयोजक अन्तरालले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro