खेल

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।
प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
खेल मुलपानी मैदानमा हुनेछ । आजको खेल जिते नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।
नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो ।
त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२ ०८:०५
प्रतिक्रिया दिनुहोस्