site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी वायुसैनिक अड्डामा बम विस्फोट, ४ जनाको मृत्यु, १५ घाइते
काठमाडौं । अफगानिस्तानको बगरामस्थित अमेरिकी वायुसैनिक अड्डामा भएको एक आत्मघाती बम विस्फोटमा चार जनाको मृत्यु भएको छ घने अन्य १५ जना घाइते भएका छन् । 
बगराम एयरबेस देशमा अमेरिकाको ठूलो  हवाईसैन्य आधार सिविर मानिन्छ । प्रान्तिय गभर्नर हाजी शुकोरले हमलामा घाइते र मृतकको पहिचान हुन नसकेको बताएका छन् ।   अफÞगानिस्तानका अमेरिकी सैन्य कमान्डर जर्नेल जोन डब्ल्यू निकोल्सन भने, “हमलामा घाइते परिवारका सदस्यलाई सम्भव भएसम्मको सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्न चाहान्छु । हामीले उनीहरुको पूर्ण रुपमा ख्याल गरिरहेका छौं ।”
प्राप्त एक रिपोर्टका अनुसार उक्त बम हमलाको लागि तालिबानले जिम्मेवारी लिएको छ ।
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro