site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्क किन सिलिकन भ्याली छाडेर टेक्सस जाँदै छन् ?

काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो व्यापारिक साम्राज्यको नयाँ गन्तव्य टेक्सास राज्यलाई बनाउने भएका छन् । 

राजनीतिक र व्यावसायिक कारणले सिलिकन भ्यालीबाट पलायन भएपछि उनले अहिले टेक्सासको ग्रामीण इलाकामा कर्पोरेट क्याम्पस निर्माण गरिरहेका छन् ।

उनले कर्पोरेट क्याम्पस बनाउन लागेका क्षेत्र टेक्सासको राजधानी अस्टिनबाट आधा घण्टा पूर्वमा पर्छ । यो क्षेत्र ट्रााफिकले भरिएको घना सहरलाई छिचोल्दै एयरपोर्ट पार गरिसकेपछि केन्द्रीय टेक्सासको मैदानी भूभाग सुरु भएपछि पुगिन्छ ।

मुख्य दुई–लेन राजमार्गबाट अगाडि बढ्दै गर्दा एउटा बायाँ मोडबाट फार्म–टु–मार्केट सडक १२०९ मा पुगिन्छ । यो क्षेत्र एक उच्च–प्रविधि हबको लागि असम्भव ठेगाना जस्तो लाग्नसक्छ । तर, संसारको धनी व्यक्ति र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगी एलन मस्कले यसैलाई आफ्नो व्यापारिक साम्राज्यको नयाँ ठेगाना बनाउन खोजेका छन् । तर, उनका नयाँ छिमेकीहरूको मिश्रित प्रतिक्रिया छ ।

अदालतमा पेस गरेको कागजात अनुसार केही महिनाअघि निर्माण पूरा भएको ठूलो धातुको भवन उनको सोसल मिडिया प्लेटफर्म एक्सको नयाँ मुख्यालय हुने देखिन्छ ।

त्यसको नजिकै मस्कको इन्फ्रास्ट्रक्चर कम्पनी द बोरिंग कम्पनीको ठूलो लोगो अर्को मुख्यालयको भित्तामा टाँगिएको छ । र फार्म–टु–मार्केट १२०९ को अर्को छेउमा स्टारलिंक उपग्रह इन्टरनेट उपकरण निर्माण गर्ने स्पेसएक्सको सुविधा छिटै विस्तार हुँदै छ ।

अधिकांश प्रविधि कम्पनीका मालिक (उद्योगपति)हरू झैँ एलन मस्कले पनि लामो समयदेखि सिलिकन भ्यालीलाई आफ्नो घर र मुख्यालय बनाएका थिए । एक समय डेमोक्र्याट पार्टीको समर्थक रहेका मस्कले टेक्सास सर्ने निर्णय प्रविधि जगतको व्यापक ट्रेन्डले हो । यसबाहेक उनको आफ्नै बदलिएको विचारधाराको प्रतिबिम्ब पनि देखिन्छ ।

टेक्सासमा जमीन अपेक्षाकृत सस्तो छ । अस्टिननजिकै प्रवधि कर्मचारी पनि धेरै मात्रामा छन् । साथै स्थानीय कानुन पनि विकास अनुकूल छ । यो स्थानान्तरणका पछाडि विशिष्ट राजनीतिक आधारहरू पनि छन् ।

सन् २०२४ जुलाईमा अमेरिकाको क्यालिफोर्निया राज्यले विद्यार्थीको लैंगिक पहिचान परिवर्तन भएमा परिवारलाई जानकारी गराउने नियम लागु गर्न शिक्षकहरूलाई रोक लगाउने कानुन पारित गरेपछि मस्कले क्यालिफोर्निया छोड्ने घोषणा गरे ।

एलन मस्ककी ट्रान्सजेन्डर छोरीसँग उनको सम्बन्ध विच्छेद भएको छ । उनले आफ्ना अन्तर्वार्ताहरूमा उनले यसलाई वोक माइन्ड भाइरस (विभाजनकारी, पहिचान राजनीति, एन्टी–मेरिटोक्रेटिक र स्वतन्त्र विचार विरोधी) भन्दै विरोध गरेका छन् ।

यसैकारण मस्कले रिपब्लिकन पार्टीको गढ र अमेरिकाको सबैभन्दा छिटो विकास हुँदै गरेकोे राज्य टेक्सासतर्फको बाटो लिए । बीबीसी
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro