विदेश

काठमाडौं । अमेरिकामा हजारौँ नागरिक राष्ट्रपति डोनाल्ड ट्रम्पको कामको विरोध गर्न शनिबार सडकमा उत्रिएका छन् ।
‘५० प्रदर्शन, ५० राज्य, एक आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन अमेरिकी ‘रेभुलुसनरी वार’ सुरु भएको २५०औँ वार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको बीबीसीले जनाएको छ ।
उनीहरू ह्वाइट हाउसबाहिर, टेस्ला कारको डिलरसिप र विभिन्न सहरका केन्द्रमा भेला भएर प्रदर्शन गरेका थिए । उनीहरूले आफ्ना गुनासो राख्दै एल साल्भाडोरमा भुलवश पठाइएका किल्मार आब्रेगो गार्सिया फिर्तीको माग पनि गरे ।
अमेरिकामा राजनीतिक प्रदर्शन बढ्दै गएको छ । यही अप्रिलको सुरुमा ‘ह्यान्ड्स अफ’ आन्दोलनले देशभरका सहरमा हजारौँ नागरिकलाई आकर्षण गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ ११:०१
प्रतिक्रिया दिनुहोस्