
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा क्रिस्चियनहरूको पर्व इस्टरको अवसर पारेर एकतर्फी युद्धविरामको घोषणा गरेका छन् । युद्धविराम घोषणा गरे पनि रुसले आक्रमण जारी राखेको युक्रेनको आरोप छ ।
पुटिनले शनिबार स्थानीय समयानुसार साँझ ६ बजेदेखि सोमबार मध्यरातसम्म सबै आक्रमण रोकिने बताएका थिए ।
तर, पुटिनको घोषणालाई युक्रेनमा सन्देहका साथ हेरिएका छ । दुई देशबीचको युद्ध निर्णायक चरणमा प्रवेश गर्दैगर्दा र अमेरिका नेतृत्वमा चलेको वार्ता ठप्प भएको अवस्थामा रुसको घोषणा आएको हो ।
युद्धविराम घोषणा गर्दै पुटिनले युक्रेनी पक्षले पनि रुसको उदाहरण अनुसरण गर्नुपर्ने गरेको बताएको थिए । साथै, यसले युक्रेन युद्ध अन्त्य गर्न कति इमान्दार छ भन्ने निर्धारण गर्न मद्दत गर्ने उनको भनाइ थियो ।
तर, युक्रेनी अधिकारीहरूले घोषणा गरेको केही घण्टापछि नै रुसी सेनाले लडाइँ जारी राखेको आरोप लगाएका थिए । युक्रेनी राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले शनिबार राति सम्बोधन गर्दै रुसी आक्रमण केही स्थानमा जारी रहेको र गोली हान्ने क्रम जारी राखेको बताएका छन् ।
जेलेन्सिकीले युद्धविराम घोषणाप्रति सन्देह जनाउँदै पुटिनले अमेरिका नेतृत्वमा ३० दिने युद्धविरामको प्रस्ताव स्वीकार नगरेको बताएका छन् ।
सीएनएनबाट ।