
काठमाडौं । ट्युनिसियाको एक अदालतले षड्यन्त्र र आतंकवादको आरोपमा वरिष्ठ राजनीतिज्ञ, व्यवसायी र वकिललाई लामो समयको जेल सजाय सुनाएको छ ।
हिरासतमा रहेका विपक्षी मोर्चाका नेता इसम चेब्बी र जवाहर बेन म्बारेकलाई १८/१८ वर्षको जेल सजाय सुनाइएको छ । एक अधिकारवादी र व्यवसायी कमेल एल्टाइफलाई ६६ वर्षको जेल सजाय सुनाइएको छ ।
मुख्य विपक्षी गठबन्धन नेसनल साल्भेसन फ्रन्टका नेतालाई सन् २०२३ मा गिरफ्तार गरिएको थियो ।
राष्ट्रपति कैस साएदले सन् २०१९ मा निर्वाचित भएपछि संसद् निलम्बन गरेका थिए । विपक्षीलाई जेल र प्रतिस्पर्धीलाई दबाउने कार्य गरेपछि गत वर्ष उनी भारी मतान्तरले दोस्रो कार्यकालका निम्ति निर्वाचित भएका घोषणा गरिएको बीबीसीले जनाएको छ ।
मानवअधिकारवादी समूहले यो फैसलालाई विरोध दबाउने प्रयास भनेका छन् । सरकारपक्षीय वकिलले यसलाई प्रहसन संज्ञा दिएका छन् ।