विदेश
काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्थाले उत्तरी इराकको सहर मोसुलमा इस्लामिक स्टेट आईएसले मंगलवार ४० जना इराकी नागरिकलाई देशद्रोहको आरोपमा गोली हानी मारेको र उनीहरुको शवलाई सहरको अलग अलग स्थानको बिजुलीको खम्मामा झुण्ड्याएको बीबीसीले जनाएको छ ।
बिजुलीको खम्बामा झुण्ड्याइएका ती शवलाई सुन्तला रंगको पोशाक लगाइदिएको र त्यसमा रातो रंगले धोकेबाजÞ तथा इराकÞी सेनाको एजेन्ट शब्द लेखेको बताइएको छ ।
मध्ये मोसुलमा एक ब्यक्तिलाई आईएसले प्रतिबन्धका बावजुत मोबाइल फोन प्रयोग गरेको आरोपमा मारिएको पनि बताइएको छ ।
हालैका दिनमा इराकी सेनाले मोसुललाई आईएसको कब्जाबाट फिर्ता लिन त्यहाँ लगातार आक्रमण गरिरहेको छ ।
यस्ते बुधवार मोसुलमा अन्य २० नागरिकलाई पनि आईएसले गोली हानी हत्या गरेको बताइएको छ । उनीहरुलाई सूचना चुहाएको आरोप लगाइएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७३ १६:३५
प्रतिक्रिया दिनुहोस्