site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बार्सिलोनालाई पछ्याउँदै रियाल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि दौडमा बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडले एथ्लेटिक्स बिल्बाओविरुद्ध १–० को कठिन जित निकालेको छ ।

सोमबार घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई तीन अंक लिाउन उरुग्वेका मिडफिल्डर फेडेरिको भाल्भर्डेले गरेको गोल निर्णायक बन्यो । भाल्भर्डेले इन्ज्युरी समयमा गोल गरेका थिए । ब्राहिम डियाजको प्रहार बिल्बाओका रक्षकले राम्रोसँग क्लियन गर्न नसक्दा प्राप्त बललाई भाल्भर्डेले जाली चुमाएका हुन् ।

ला लिगामा रियालको यो २१औँ जित हो । ३२ खेलबाट ६९ अंक जोडेको रियाल अंकतालिकाको दोस्रो स्थानमा छ । त्यो शीर्ष स्थानको बार्सिलोनाको भन्दा चार अंक कम हो । समान खेलबाट ७३ अंकसहित बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ । पराजित बिल्बाओ समान खेलबाट ५७ अंकसहित चौथो स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro