site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पको व्यापार युद्धको शिकार अमेरिकी विमान कम्पनी बोइङ 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धको सिकार अमेरिकी विमान कम्पनी बोइङ भएको छ । 

ट्रम्पले लगाएको अत्यधिक आयात करका कारण चीनबाट एउटा बोइङ जेट अमेरिका फर्किएको छ । यो जेट चीनको जियामेन एयरलाइन्सले प्रयोगगर्ने उद्देश्यले बनाइएको थियो । यो बोइङ७३७म्याक्स मोडेलको जेट सिएटलको बोइङ फिल्डमा शनिबार आइपुग्यो । जेटमा जियामेन एयरलाइन्सको लोगो रहेको छ ।

यो जेटले गुआम र हवाइमा ईन्धन भरेर आठ हजार किलोमिटरको यात्रा गरेर अमेरिका फर्किएको सिएनएनले जनाएको छ । यो जेट चीनको जौशान स्थित बोइङ कम्पनीको केन्द्रमा अन्तिम निर्माण तयारीपछि चिनियाँ एयरलाइन्सलाई हस्तान्तरण गरिने क्रममा थियो । 

तर, ट्रम्पले चीनबाट आयात हुने सामानमा १४५ प्रतिशत आयात कर लगाएपछि चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत जवाफी आयात कर लगाएको छ । यसले गर्दा नयाँ बोइङ७३७म्याक्स जेट चिनियाँ एयरलाइनले खरिद गर्न अत्याधिक महँगो पर्छ ।

यो जेट कसले फर्काएको हो भन्ने स्पष्ट छैन । बोइङ र जियामेन एयरलाइन्सले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । बोइङको सबैभन्दा बिक्री हुने यो मोडेल फर्किएकोले विमान उद्योगमा दशकौँ देखि चलिआएको भन्सार करमुक्त व्यवस्था टुटेको समाचारमा बताइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro