
काठमाडौं । अन्तराष्ट्रिय डेलिभरी कम्पनी डीएचएल एक्सप्रेसले अमेरिकामा आठ हजार डलरभन्दा बढी मूल्यका पार्सलहरूको वितरण अस्थायी रूपमा रोकेको छ । यो निर्णय डोनाल्ड ट्रम्पको नयाँ आयात कर नीति लागू भएपछि भन्सार कर र सामान छुटाउने प्रक्रियामा आएको जटिलताको कारण लिइएको कम्पनीले बताएको छ ।
डेलिभरी कम्पनीले सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि विश्वभरका उद्योगहरूबाट अमेरिकी उपभोक्ताहरूलाई पठाइने पार्सलहरू रोक्ने घोषणा गरेको बीबीसीले जनाएको छ । तर कम्पनीले एक व्यवसाय वा उद्योगदेखि अर्को व्यवसायसम्म पठाइने पार्सलहरूको वितरण भने जारी रहने बताएको छ । यसमा ढिलाइ भने हुन सक्ने समाचारमा उल्लेख छ ।
डीएचएल एक्सप्रेसका अनुसार पहिले २५ सय डलर सम्म मूल्यका पार्सलहरू न्यूनतम कागजी प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गर्न सक्नेमा अब ट्रम्पको आयात करका कारण भन्सारजाँचहरूका कारण र २५ सय डलर सम्मसीमा घटाइएको कारण पनि यो निर्णय गर्न बाध्य भएको जनाएको छ ।
यसैबीच ह्वाइट हाउसले २ मेदेखि आठ हजार डलरभन्दा कम मूल्यका खासगरी चीन र हङकङबाट पठाइने पार्सलहरूमा कडाइ ल्याउने तयारी गरेको छ ।