site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङ घटनाका घाइते लैजान काठमाडौंबाट उड्यो हेलिकोप्टर

विराटनगर । ताप्लेजुङको पाथीभरा जाँदै गर्दा गाडीमा करेन्ट लागेर घाइते भएका दुईजनालाई काठमाडौं लैजाने तयारी गरिएको छ । उनीहरूलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर उडिसकेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टर केही समयपछि ताप्लेजुङमा अवतरण गर्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

सोमबार (वैशाख ८) बिहान पाथीभरा जाँदै गर्दा फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा मे१च ३०११ नम्बरको बोलेरो जीपमाथिको छतमा बिजुली तार खसेको थियो । त्यसलगत्तै आगलागी हुँदा चारजनाको मृत्यु भएको थियो ।

घटनामा ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा सविन घाइते भएका थिए । थप उपचारका निम्ति उनीहरूलाई काठमाडौं लगिने एसएसपी दाहालले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro