विशेष
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी उन्मुख देखिएका छन् ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार उसको प्रक्षेपणमा ट्रम्पले २३८ इलेक्टोरल मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले २१५ इलेक्टोरल भोट पाएकी छिन् ।
मत गणना भएका एरिजोना, विसकनसिन, जस्ता राज्यहरुमा उनी अगाडि छन् ।
हिलरी भने मेनमा मात्र अगाडि छन् । पेन्सलभेनिया, मिसिगन र न्यूह्यामशायर मा कडा टक्कर भइरुहेको छ ।
अमेरिकामा राष्ट्रपतिमा निर्वा्चित हुन ५३८ इलेक्टोरल कलेजमा २७० भोट चाहिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३ ११:३९
प्रतिक्रिया दिनुहोस्