site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कक्षा १२ को परीक्षाबारे शिक्षक महासंघले भन्यो– जेसुकै गर, आन्दोलन रोकिँदैन
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निणर्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षक पछि नहट्ने बताए ।

“सरकारले जेसुकै गरोस्, हामी पछि हट्नेवाला छैनौँ । कक्षा १२ को परीक्षामा पनि सहभागी हुन्नौँ । सरकारले जसरी चलाए पनि चलाओस् । सरकारले जस्तोसुकै कारबाही गरे पनि ऐन जारी नभएसम्म पछि हट्दैनौँ,” सुवेदीले बाह्रखरीसित भने ।

अध्यक्ष सुवेदीले आफूहरूसँग विगतमा भएका सहमति समेटेर ऐन जारी नभएससम्म आन्दोलन नरोकिने स्पष्ट पारे । उनका अनुसार, आन्दोलनको नयाँ मोडालिटीबारे छलफल हुँदै छ ।

“अब आन्दोलनको मोडालिटी कस्तो हुने भन्नेबारे आजै बैठक बस्दै छौँ,” सुवेदीले भने । 

आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित समयमा परीक्षा गराउने निर्णय गरेको छ ।

शिक्षकहरू गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघर–बरबरमहल–बानेश्वरकेन्द्रित आन्दोलनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro