site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुर । नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’मा आज सिलबन्दी गरेको छ । 
मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै सिट नं १०२–११९१–२३, कित्ता नं. ४७८ र ५ नं को पाँच हजार ७५६ वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त प्रालिको भवन निर्माणकार्य रोक्दै निर्माणस्थलमा सिलबन्दी गरेको हो । 
सुपर मार्केट सञ्चालन गर्ने उद्देश्यले केही महिनादेखि भवन निर्माण सुरु गरिएको थियो । सिलबन्दीसँगै आजबाटै भवन निर्माणको काम ठप्प भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले नागरिकको प्रत्यक्ष आवतजावत हुने ठूलो कम्प्लेक्स बनाउँदा नगरपालिकाको मापदण्ड पूरा नगरेको, नक्सापास नगरेको र मनोमानी ढङ्गले निर्माण कार्य अगाडि बढाएकाले सिलबन्दी गरेको बताए। 
“नक्सा पासको प्रक्रिया नपुर्‍याई निर्माण कार्य सुरु गरियो, पटक÷पटक निर्माण रोक्न आग्रह गर्दा अटेर गरेकाले कानुनी दायरामा ल्याउन सिलबन्दी गर्नुपरेको हो,” उनले भने ।
प्रालिका योजना प्रबन्धक प्रशान्त झाले नगरपालिकामा नक्सापास गर्न फाइल पेस गरेपनि ढिलाइ गरेकाले निर्माण कार्य अगाडि बढाएको बताए । सरकारी मापदण्ड पूरा गरेरै निर्माण कार्य अगाडि बढाएको उनले दाबी गरे । रासस
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro