अर्थ व्यवसाय
काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्रान्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइलखरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । एकै छानामुनी विश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एन्ड फिल सहितको काउन्टर राखेको छ ।
एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्ने ब्यबस्था गरेको छ । मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडल हेरि ५० प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ । आफ्नो मल्टिब्रान्ड सोरुमको प्रमोशनका लागि नेपालमा पहिलोपटक बिशेष छुट सहित यस्तो योजना ल्याइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
मोबाइलमा समस्या आए पनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा राम्रो भ्यालु दिने सुबिधासमेत रहेको ग्लाइडरले जानकारी दिए ।
विश्व बजारमा पाइने ब्रान्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एप्पल वल्र्डले ३५० वटा मोडलका मोबाइलको टच एन्ड फिलजोन राखेको बताउँदै निर्देशक संगम राइले बिभिन्न कम्पनीका ल्यापटपसमेत कारोबारका लागि राखिएको जानकारी दिए ।
सोरुममा सामसुङ, एचटीसी, जेटटीई, हुवावे, एमआई, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी, सिजी , यूएमआई, ओबीआई, माइक्रोसफ्ट, वानप्लस थ्रि र गुगलफोनका टचएन्ड फिल काउन्टर राखेको छ ।
छट पर्वको दिनबाट सुरु भएको यो योजना स्टक रहुन्जेल मात्रलागू गरिने मर्कनटायल प्लाजामा रहेको एप्पल वल्र्डले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १६:०३
प्रतिक्रिया दिनुहोस्