साहित्य
काठमाडौं । ‘एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सव’ कात्तिक २६, २७ र २८ गते काठमाडौंमा हुने भएको छ । कुमारी सिनेमा हलमा आयोजना हुन गइरहेको महोत्सवमा लघुसिनेमाहरुको विश्लेषण, प्रदर्शनी, र अन्तक्रिया गर्ने कार्यक्रम छ । महोत्सवको यो चौथो संस्करणमा संसारभरीका ३० मिनेट भन्दा कम समयका, कुल ७८ वटा लघु चलचित्र प्रदर्शन हुँदैछन् ।
एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव, नेपालको अग्रणी लघु चलचित्र महोत्सव हो। २०६९ सालमा पहिलो पटक सुरु भएको महोत्सवको यस वर्ष चौथो संस्करण हो। विश्वभरका ७८ वटा सम्मोहक, आत्म-श्रुति, तथा सामाजिक सङ्घर्षले भरीपूर्ण कथाहरूलाई लघु-चलचित्रका रुपमा सम्प्रेसित गरिनेछ ।
७ सय भन्दा धेरै चलचित्रले सहभागिताका लागि निवेदन दिएकामा ७८ वटा चलचित्र छानिएका हुन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३ १३:१३
प्रतिक्रिया दिनुहोस्