site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३७ आयोजनामा ३० अर्ब डलर लगानी हुने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । दक्षिण एसियाली उपक्षेत्रिय आर्थिक सहयोग (सासेक) अन्र्तगत नेपालको विभिन्न ३७ आयोजनामा ३० अर्ब अमेरिकी डलर लगानी हुने भएको छ । 
एसियाली विकास बैंक (एडीबी) ले सोमबार सार्वजनिक गरेको सासेक सञ्चालन योजनामा नेपालको सडक, ऊर्जालगायत विभिन्न परियोजनामा यो रकम लगानी हुन लागेको हो । आउँदो एक दशकमा ३० अर्ब डलर लगानी गर्ने उल्लेख गरिएको छ । आयोजना यो वर्षदेखि सुरु भई आगामी सन् २०२५ मा सम्पन्न हुने लक्ष्य लिएको एडीबीले जानाएको छ ।
सासेक अन्र्तगत सबैभन्दा बढी ऊर्जा आयोजनामा लगानी हुनेछ । ऊर्जाका विभिन्न १३ आयोजनामा मात्र २४ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । ३७ मध्ये २४ वटा विभिन्न सडक आयोजना छन् । यी आयोजनामा ६ अर्ब डलर खर्च हुनेछ । ऊर्जा संकट गहिरिदै गएपछि सासेकले यस क्षेत्रमा ठूलो लगानी गर्न लागेको हो । 
सासेक अन्र्तगत सडक, व्यापार सहजीकरण, ऊर्जालगायत दुई सय परियोजना छन् । यी आयोजना सञ्चालन गर्न १ खर्ब २० अर्ब अमेरिकी डलर लाग्ने अनुमान छ । सासेक परियोजना नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलंका र माल्दिभ्समा पनि सञ्चालित छन् । सासेक १६ वर्षअघि सन् २००१ म स्थापना भएको हो । सासेक परियोजना उद्धेश्य सदस्य मुलुकबीच व्यापार अभिवृद्धि, अन्तरदेशिय सम्पर्कमा सुधार र क्षेत्रिय समृद्धिको प्रवद्र्धन गर्नु हो । एडीबी सासेकको मुख्य लगानीकर्ता हो । 
एडीबीले ऊर्जा, यातायात, व्यापार सहजीकरण र सूचना तथा सञ्चार प्रविधि गरी ९ अर्ब डलरको फोर थ्री सासेक आयोजनाहरु स्वीकृत गरेको जानकारी दिएको छ । सासेक योजनाको अर्थ मन्त्रालयका अन्तराष्ट्रिय समन्यव सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र नेपालका एडीबीका देशीय निर्देशक केनिची योकहमाले संयुक्त रुपमा सोमबार सार्वजनिक गरेका छन् ।
उक्त अवसरमा सहसचिव अर्यालले नेपालले सासेक परियोजनाबाट वस्तु तथा सेवा निकासीमा रहेको अवरोध कम गर्ने अन्तरदेशिय सम्पर्क बढाउने बताए । 
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro