site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले खेल्ने, एक महिना बाँकी रहँदा पनि तयारी भने शून्य
काठमाडौँ । आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसीसी यू–१९ पुरूष एसिया कप क्रिकेटमा नेपालले सहभागिता जनाउने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनमा हुन लागेको एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै नेपालले पनि सहभागिता जनाउन लागेको हो ।
प्रतियोगिता आगामी डिसेम्बर १० देखि २२ (मंसिर २५ देखि पुस ७ गते)सम्म हुनेछ, जसमा चार टेष्ट राष्ट्र र अन्य आईसीसीका एसोसियट राष्ट्र गरी आठ टोलीको सहभागिता रहनेछ । आठ देशलाई दुई समूहमा विभाजन गरी राउण्ड रोबिनका आधारमा खेलाइनेछ । 
एक दिवसीय फम्र्याटमा हुने प्रतियोगितामा टेष्ट मान्यता प्राप्त आयोजक श्रीलंका, पाकिस्तान, भारत र बंगलादेश छन् । यस्तै एसोसियट राष्ट्रमा नेपालसहित अफगानिस्तान, सिंगापुर र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । 
गत जनवरीमा नै एसीसीले तय गरिसकेको एसिया कपमा नेपालको सहभागिता पक्का भए पनि नेपालले तयारी सुरु गरेको छैन । प्रतियोगिता आउन एक महिना बाँकी रहँदा नेपालले खेलाडी छनोटसमेत गरेको छैन । 
क्यानले भने क्यान विवाद र आर्थिक कारणले तयारी गर्न नसकेको जनाएको छ । नेपाल क्रिकेट संघ क्यानका कार्यकारी सञ्चालक छुम्बी लामाले क्यान विवाद र आर्थिक अभावले तयारी गर्न नसकेको बताए । “अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाललाई प्रतिबन्ध लगायो । आइसीसीको प्रतिबन्धसँगै क्यानमा आर्थिक समस्या छ,” लामाले भने, “आईसीसीले नेपाललाई खेल्ने अनुमति त दिएको छ र उनीहरुकै आयोजनमा हुने प्रतियोगिताको लागि मात्र आईसीसीले फन्ड उपलब्ध गराउँछ । तर, यो एसीसीको प्रतियोगिता भएकोले हामीलाई तयारी गर्न कठिन भएको हो ।“ 
लामाका अनुसार प्रतियोगितामा लाग्ने खर्च कसले बेहोर्ने हो भन्नेमा एसीसीबाट केही दिनमा निर्णय आउने र त्यहीअनुसार टोलीको तयारी थालिनेछ । “यो प्रतियोगिताको लागि हामीले अब सबै क्षेत्रबाट छनोट गरेर नयाँ खेलाडी ल्याउनुपर्छ । पुराना खेलाडीहरुको उमेर बढी भइसक्यो,” लामाले भने, “त्यसैले हामीलाई धेरै खर्च लाग्छ । तर, बजेट छैन । एसीसीको प्रतियोगिता भएकोले आइसीसीले हामीलाई बजेट दिँदैन ।” तर, लामाले प्रतियोगिताको लागि युवा तथा खेलकुद मन्त्रालयलगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए ।
एसीसी यू–१९ एसिया कप तेस्रो पटक हुन लागेको हो । यस प्रतियोगिता पछिल्लो पटक २०१३ –१४ मा यूएईमा भएको थियो । उक्त संस्करणमा भारतले उपाधि जितेको थियो । त्यसपछि मलेसियामा रहेको एसियन क्रिकेट काउन्सिलको कार्यालय बन्द भएपछि यो प्रतियोगिता बन्द भएको थियो । तर, एसीसीको कार्यालय श्रीलंकामा स्थापना भएपछि एसीसीले डिसेम्बर १० देखि २२ बाट यू –१९ एसिया कप गर्ने निर्णय गरेको थियो । मलेसियामा भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि भने पाकिस्तान भारतले संयुक्त जितेको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro