site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बी’ डिभिजन लिग : मंगलबारका दुवै खेल बराबरीमा टुंगियो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेड र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दुवै टोलीले निर्धारित र अतिरिक्त समयसम्म पनि गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो ।

बराबरीसँगै झापाले नौ अंक बनाएको छ । झापाले कुल सात खेलमा तेस्रो बराबरी खेल्दै दुई जित र दुई हारसहित नौ अंक बनाएको हो । त्यस्तै, वीरगन्जले पनि कुल तेस्रो बराबरी खेल्दै तीन जित र एक पराजयबाट १२ अंक बनाएको छ ।

यसअघि एन्फा मुख्यालयमा नै सम्पन्न खेलमा प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै लिगको शीर्ष टोली प्लानिङ ब्वाइजले १९ अंक बनाएको छ । लिगको सातौँ खेलमा पहिलो बराबरी खेल्दै ६ जितसहित प्लानिङले १९ अंक बनाएको छ । नयाँबस्तीले दुई बराबरी, एक जित र तीन हारबाट ६ अंक बनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro