site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । कोसी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त प्रतियोगिता हुन लागेको हो ।

विराटनगरको कञ्चजंघा पार्टी प्यालेसमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एमएम कप फाउन्डेसनले यसबारे जानकारी गराएको हो ।

यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गर्न लागिएको बताए ।

प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोसी प्रदेश, वाग्मती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए ।

प्रतियोगिताका विजेतालाई नगद चार लाख र ट्रफी, उपविजेतालाई दुई लाख प्रदान गरिने आयाेजकले जनाएकाे छ । त्यस्तै, ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीलाई नगद चार हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।

प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

वैशाख १३ गते साविक विजेता टिम आर्मीले एपीएफको सामना गरेर प्रतियोगिताको सुरुआत गर्नेछ । प्रत्येक दिन एउटा खेल हुने सो प्रतियोगिताको फाइनल खेल २० गते हुने छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro