site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायण स्पोर्टस् क्लबलाई संस्कार क्रिकेट लिगको उपाधि

काठमाडौं । कैलालीको धनगढीमा जारी टिम–११ संस्कार क्रिकेट लिग प्रतियोगिताको मंगलबार भएको फाइनल खेलको उपाधि नारायण स्पोर्टस्स् क्लब कञ्चनपुरले जितेको छ ।

जितसँगै नारायण स्पोर्टस् क्लबले नगद एक लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको युथ अफ टीकापुरले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ ।

फाइनल खेलमा युथ अफ टीकापुरलाई पाँच विकेटले पराजित गर्दै नारायणले उपाधि हात पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको युथ अफ टीकापुर १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटिएको थियो ।

युथ अफ टीकापुरका लागि सुदीप साउँदले १६ तथा दिनेश रावतले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन निरासाजनक रह्यो । टीकापुरलाई सस्तैमा रोक्न नारायणका नेहाल दास र सचिन भट्टले समान तीन/तीन विकेट लिए ।

७९ रनको लक्ष्य पछ्याएको नारायण स्पोर्टस् क्लबले १२ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गर्‍यो । नारायणका लागि राहुल चन्दले १७ तथा सुनिल चन्दले अविजित १६ रनको पारी खेले । बलिङतर्फ युथ अफ टीकापुरका सागर रावलले तीन विकेट लिए ।

संस्कार विद्याश्रम गोदावरी नगरपालिका–८, स्याउलेको आयोजनामा चैत ३० गतेदेखि सुरू भएको प्रतियोगितामा डोटी, कैलाली र कञ्चनपुरबाट १३ वटा टोली सहभागी रहेका थिए । प्रतियोगिताको वेष्ट ब्याट्स म्यान नारायण स्पोर्टस्का सुमित बुढाल भए । त्यसैगरी वेष्ट बलर उत्तर त्रिशूलका अनुप छेडाल घोषित हुँदा संस्कार विद्याश्रमका कप्तान रावल इमर्जिङ प्लेयर बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro