खेल
एजेन्सी । विश्वकप फुटबलको उपाधि ट्रफीका निर्माता सिल्भियो गाजानिगाको निधन भएको छ । हाल रहेको विश्वकप उपाधि ट्रफी डिजाइन र निर्माण गरेका गाजानिगाको ९५ वर्षको उमेरमा मंगलबार इटालीको मिलानमा निधन भएको बेलायती समाचार सस्था बीबीसीले जनाएको छ ।
मिस्टर कपको रुपमा चिनिने गाजानिगाले सन् १९७० मा ब्राजिलले तेस्रो पटक उपाधि जितेर जुलेस रिमेट कप राख्न पाउने अधिकार पाएपछि अहिले रहेको ६ किलोको विश्वकप ट्रफी बनाएका थिए । त्यसबेला विश्व फुटबल महासंघ फिफामा नयाँ ट्रफीका लागि ५३ वटा प्रस्ताव परेको थियो । तर, फिफाले गाजानिगाले बनाएको ट्रफी छनोट गरेको थियो । फिफाले गाजानिगाले बनाएका दुई खेलाडीले पृथ्वी उचालेको डिजाइन भएको ट्रफीलाई छनोट गरेको थियो ।
गाजानिगाले विश्वकप बाहेक अन्य विभिन्न सम्मानित प्रतियोगिताको ट्रफी बनाएका छन् । गाजानिगाले यूईएफए कप तथा यूईएफए सुपर कप ट्रफीको पनि डिजाइन गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ १२:३३
प्रतिक्रिया दिनुहोस्