अर्थ व्यवसाय
काठमाडौं । भार्गव विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढेको छ । बैंकले पहिलो त्रैमासमा ६५ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाशमा १९ लाख ७७ हजार रुपैयाँमात्र नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणमा सार्वजनिक गर्दै बैंकले निक्षेप परिचालन, कर्जा लगानी र नाफा उल्लेख्य बढेको जानकारी दिएको छ । बैंकको कार्यक्षेत्र सुर्खेत जिल्ला रहेको छ ।
चालु आवको असोजसम्म बैंकले १ अर्ब ५२ करोड ८६ लाख रुपैयाँ निक्षेप परिचालन गरी १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ११ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८४ करोड ५७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १०:२५
प्रतिक्रिया दिनुहोस्