अर्थ व्यवसाय
काठमाडौं । चुक्ता पुँजी बढाउन सेती फाइनान्स लिमिटेडले मंसिरदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
फाइनान्सले १ सेयर बराबर १.५ अनुपातमा ९ लाख ५१ हजार ७८६ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर मंसिर १ गतेबाट खुला भई ढिलोमा पुस ५ गतेसम्म खुला हुने भएको फाइनान्सले जनाएको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ८६ लाख ३१ हजार रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्तापुंजी ६ करोड ३४ लाख ५२ हजार रुपैयाँ छ ।
नेपाल राष्ट्र बैकले आगामी असारसम्म चुक्तापुँजी बढाउन भनेपछि फाइनान्सले हकप्रद सेयर निश्कासन गरेको हो । राष्ट्र बैंकले कैलाली जिल्लामा मात्र वित्तीय कारोबार गर्न सेतीलाई अनुमति दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १०:२४
प्रतिक्रिया दिनुहोस्