प्रविधि
काठमाडौं । नेपाल टेलिकमले वाइम्याक्स प्रविधिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । मुलुकमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यले कम्पनीले यस अघि नै ७४ वटा जिल्लामा वाइम्यक्स सेवाको पहुँच विस्तार गरिसकेको थियो । गत ७ गतेदेखि हुम्ला जिल्लामासमेत यो सेवाको विस्तार गरेपछि ७५ वटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको हो ।
नेपाल टेलिकमले २०६९ चैत १४ गते देखि आम उपभोक्तालाई यो सेवा उपलब्ध गराउन थालेको हो । कम्पनीले प्रारम्भमै वाईम्याक्स सेवा कर्णाली अञ्चलवाहेक मुलुकका १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा ल्याई त्यसपछि क्रमशः बाँकी अन्य दुर्गम तथा अति विकट जिल्लाहरुमा विस्तार गरेको हो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १७:४८
प्रतिक्रिया दिनुहोस्