site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अन्तरिक्ष अन्वेषण गर्न पठाइएको भोयजर–१ पुग्यो २४ अर्ब ८५ करोड किलोमिटर टाढा

काठमाडौं । पृथ्वीबाट सबैभन्दा टाढा पुग्न सबल मानव निर्मित वस्तु भोयजर–१ अन्तरिक्ष यान २४ अर्ब ८५ करोड किलोमिटरभन्दा टाढा पुगेको छ । बाहिरी सौर्यमण्डलको अन्वेषण गर्न अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०७७ को सेप्टेम्बर ५ मा यसको प्रक्षेपण गरेको थियो ।

हाल भोयजर–१ प्रक्षेपण भएको ४७ वर्ष दुई महिना २१ दिन नाघेको छ । अझै यो यान निरन्तर यात्रामा छ । यसको गति प्रतिघण्टा ६१ हजार किलोमिटरभन्दा बढी छ ।

भोयजर–१ बाट पृथ्वीसम्म प्रकाश आइपुग्न लाग्ने समय अथवा प्रकाशको गतिका आधारमा यो यान २३ घण्टा दुई मिनेट टाढा पुगेको छ ।

भोयजर–१ ले सन् १९७९ को मार्च ८ मा बृहस्पति ग्रहको चन्द्रमामा सक्रिय ज्वालामुखी पत्ता लगाएको थियो । पृथ्वीपरको आकाशीय पीण्डमा ज्वालामुखी पत्ता लागेको यो नै पहिलोपटक थियो । बृहस्पति ग्रहको वरिपरी गोला घेरा वा रिङ रहेको पत्ता लगाउने पनि भोयजर–१ नै थियो ।

बृहस्पति र शनि ग्रहबारे विभिन्न जानकारी पत्ता लाग्नुका साथै भोयजर–१ सन् २०१२ मा इन्टरनस्टेलर स्पेसमा प्रवेश गरेको थियो । वैज्ञानिकहरूले त्यसपछि सूर्यको प्रभावभन्दा परको आकाशबारे अध्ययन गर्ने मौका पाएका थिए । इन्टरस्टेलर स्पेस आकाशगंगामा रहेको तारा (सूर्यजस्तै)हरूबीचको क्षेत्र हो जुन, ग्यास, धुलो र ब्रह्माण्डीय किरणले भरिएको छ ।

यसबाहेक भोयजर–१ ले इन्टरस्टेलर स्पेसको चुम्बकीय क्षेत्र र कस्मिक किरणसम्बन्धी जानकारी पनि पृथ्वीमा उपलब्ध गराएको छ ।

रोचक कुरा के छ भने, भोयजर–१ मा दुई वटा सुनले लेपन गरिएका फोनोग्राफ छन् । जसमा पृथ्वीका तस्बिर, आवाज र संगीत राखिएको छ । पृथ्वीभन्दा परको कुनै सभ्यताले यो फेला पारेमा थाहा पाउँलान् भन्ने आशाका साथ उक्त विवरण्ण भोयजर–१ मा राखिएको हो ।

भोयजर–१ भन्दाअघि सन् १९७७ कै अगस्ट २० मा प्रक्षेपण गरिएको भोयजर २ भने पृथ्वीबाट २० अर्ब ७६ करोड किलोमिटर टाढा पुगेको छ । भोयजर–१ लाई तीव्र ट्रयाजेक्टोरीमा प्रक्षेपण गरिएका कारण भोयजर २ भन्दा उच्च गतिमा टाढा पुग्न सकेको हो ।

भोयजर २ को गति करिब ५५ हजार किलोमिटर प्रतिघण्टा छ । प्रकाशको गतिका आधारमा पृथ्वीभन्दा यो १४ घण्टा १४ मिनेट टाढा छ ।

नासाले भोयजर–१ सन् २०३६ सम्म डिप स्पेस नेटवर्कसँग प्राविधक रूपमा सम्पर्कमा रहनसक्ने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro