site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टर बन्द गर्दै

काठमाडौं । टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् ।

वास्तविकताभन्दा फरक स्वरुप देखाउने फिल्टरहरूले किशोरकिशोरीहरू आफ्नो शरीर एवं अनुहारलाई लिएर असन्तुष्ट हुने र मानसिक स्वास्थ्य बिग्रिने समस्या बढेसँगै टिकटकले यस्तो कदम चालेको हो ।

प्रतिबन्ध वास्तविक उमेर राख्नेहरूको हकमा लागु हुने जनाइएको छ । तर, धेरैले आफ्नो नक्कली उमेर राख्ने हुँदा सबैमा लागु हुन नसक्ने ठानिएको छ ।

टिकटक एवं अन्य सामाजिक सञ्जालमा उपलब्ध राम्रो देखाउने फिल्टरहरूले खासगरी केटीहरूलाई आफ्नो शारीरिक बनावटलाई लिएर नकारात्मक भावना उत्पन्न गराइरहेको भन्दै विश्वभर चिन्ता बढ्दो छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro