अर्थ व्यवसाय
चितवन । चितवनमा यसपालि सयपत्री फूलको उत्पादनमा वृद्धि भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल चितवन समन्वय समितिका समितिका अध्यक्ष प्रकाश पन्तका अनुसार जिल्लामा करिब १०० भन्दा बढी किसानले सयपत्री फूलको खेती गरेका छन् ।
व्यवसायीकै पहलमा ४० हजार सयपत्री फूलका बिरुवा निःशुल्क वितरण गरेर व्यावसायिक खेतीमा किसानलाई आकर्षित गराइएकाले फूलको उत्पादनमा वृद्धि भएको पन्तले बताए । “जिल्लामा सयपत्रीको माला बाहिरबाट आयात गर्नु परेको छैन,” उनले भने । जिल्लामा करिब १५ हेक्टरमा फूल खेती हुन्छ । यस पटक सयपत्री फूल करिब तीन हेक्टरमा लगाइएको छ ।
जिल्लामा तिहारका बेला बजार क्षेत्रमा करिब ४० हजार मालाको माग हुने गरेको छ । काठमाडौंबाटै तयारी मखमलीको माला ल्याएर चितवनका व्यवसायीले बेच्ने गरेका छन् । व्यावसायिक पुष्पखेती गर्ने किसान २० जना रहेको तथ्याङ्क छ भने जिल्लामा करिब चार मेट्रिक टन फूल उत्पादन हुन्छ । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १६:५१
प्रतिक्रिया दिनुहोस्