अर्थ व्यवसाय
काठमाडौं । बुधबार जस्तै बिहीबार पनि सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ६ अंक बढेर १ हजार ७५९.७१ अंकमा पुगेको छ । बिहीबार बैंकिङ, विकास बैंक, जलविद्युतको सेयर मूल्य बढेको छ भने होटल, वित्त र विमाको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी विमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन् । लघुवित्त संस्थाको सेयर मूल्य बढेको छ । बिहीबार ६९ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बजार बढेपछि बजार पुँजीकरणमा पनि बढेत्तरी भएको छ । बिहीबार सेयर बजार बढ्दा लगानीकर्ताले ७ अर्ब रुपैयाँ कमाएका छन् । बिहीबार बजार पुँजीकरण बढेर १९ खर्ब ५३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । बुधबार बजारपुँजीकरण १९ खर्ब ४५ अर्ब ८६ करोड रुपैयाँ थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १६:४७
प्रतिक्रिया दिनुहोस्