site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंसिर अन्तिममा ऊर्जा सम्मेलन हुने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । सरकारले ल्याएको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने योजनालाई गतिशिलता दिन नेपालमा ऊर्जा सम्मेलन हुने भएको छ । आउँदो मंसिर ३० र पुस १ गते आयोजना हुने सम्मेलनमा सरकारले ल्याएको १० वर्षको योजना कार्यान्वयन, ऊर्जा सुरक्षा, विद्युत् माग र आपूर्तिको विश्लेषण, राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना अघि बढाउने, आयोजनामा वित्तीय व्यवस्थापन, राष्ट्रिय ग्रीड कम्पनी स्थापना र दिगो जलविद्युत् विकास र मुलुकलाई जलविद्युतबाट विकासशील मुलुकमा स्तरोन्नति गर्नका लागि आवश्यक उपाय अबलम्बन गर्ने विषयमा केन्द्रित रहने भएको छ । 
राष्ट्रले गरेको १० हजार मेगावाट विद्युत उत्पादनको संकल्पलाई विश्लेषण गर्दै ‘सूर्यास्तसम्म १० हजार मेगावाट बिजुली उत्पादन’ मुल नारासहित ऊर्जा सम्मेलनको आयोजना गर्न लागेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईपान)का अध्यक्ष खड्गबहादुर विष्टले बताए । 
ईपानले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष विष्टले जलविद्युत विकासलाई अघि बढाउन र तीसँग सम्बन्धित मुद्दाहरुका विषयमा छलफल हुने जानकारी दिए । “जलविद्युत विकासमात्र गरेर हुँदैन,” उनले भने, “जलविद्युत वातावरणमैत्री पनि हुनुपर्छ । सम्मेलनमा यस विषयमा छलफल हुनेछ ।” जलवायु परिवर्तन, प्रकोप व्यवस्थापन, जल व्यवस्थापन र स्रोतको भरपुर उपयोग, नदी जलाधार योजना, वातावरणीय प्रभाव र सोको व्यवस्थापनमा साझा दृष्टिकोण बनाउन उनले जानकारी दिए । 
०६२÷०६२ को जनआन्दोलनपछि सन् २००६ मा काठमाडौंमा पहिलो ऊर्जा सम्मेलन भएको थियो । त्यसपछि २००७, ०८ र ०१३ मा गरी ४ पटक ऊर्जा सम्मेलन भइसकेको जानकारी दिँदै विष्टले भने, “सम्मेलनले देशको ऊर्जा क्षेत्रको विकासमा ठूलो योगदान पुर्याएको छ ।” उनले आजको दिनमा आइपुग्दा २ हजार २ सय मेगावाट क्षमताका आयोजना निर्माणधिन अवस्थामा रहेको जानकारी दिए । जलविद्युतमा लगानी विस्तार हुनुका साथै नेपाली बैंकको लगानी क्षमता वृद्धि भएको उनको भनाइ छ । 
नेपाल राष्ट्र बैंकले कृषि र ऊर्जामा लगानी सिमा बढाएर १५ प्रतिशत पुर्याएको र जलविद्युतमा बैंकले १ अर्ब रुपैयाँसम्म बिना सहवित्तीयकरण गरी लगानी गर्न पाउने सकरात्मक पक्ष भएको उनले बताए । ईपानको सक्रियतामा आयोजना हुने सम्मेलनमा एसियाली विकास बैंक (एडीबी) विश्व बैंक लगायत भारत, चीन लगायत विभिन्न मुलुकका लगानीकर्ता, विज्ञको सहभागिता रहने भएको छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro