site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारै आयो लौ झिलिमिली...
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । तिहार नजिकिँदै गर्दा राजधानीमा झिलिमिली बत्तीको कारोबार बढेको छ । बत्ती र सयपत्री तथा मखमली मालाले बजारको सुन्दरता नै बढाएका छन् । 
झिलिमिली बत्ती किन्न आउने ग्राहकले बजारमा चहलपहल बढेको छ । परम्परागत पाला र मैनबत्तीको प्रयोग घट्दै गएपछि विद्युतीय बत्तीको प्रयोग बढ्न थालेको हो । टिकाउ र सजिलो हुने भएकाले विद्युतीय बत्ती किन्न आएको बताउँछिन् सुस्मिता थापा । “तिहार उत्सवको पर्व भएकाले घर उज्यालो बनाउनुपर्छ । विद्युतीय बत्ती एक पटक बाले रातभर बलिरहन्छ,” उनले भनिन् । झिलिमिली देखेर बच्चाहरु खुशी हुने भएकाले हरेक वर्ष झिलिमिली बत्ती बाल्ने गरेको रामकुमारी ढुंगानाले बताइन् । माटोका पाला र मैन बत्तीभन्दा विद्युतीय बत्ती सजिलो र राम्रो हुने उनको भनाइ छ । 
गत वर्षको भूकम्प र नाकाबन्दीले थलिएको तिहार व्यापार यसपालि बढेको व्यापारी बताउँछन् । महाबौद्धका व्यापारी दीपक भट्टराई गत वर्ष स्टक विद्युतीय ब्त्र िबिक्री गर्ने तरखरमा छन् । नाकाबन्दीले सामान ढिला आइपुग्दा ६०÷७० लाख घाटा लागेको उनले बताए । गत वर्षको तुलनामा ५० प्रतिशतले व्यापार बढेको उनको अनुमान छ । 
तिहारमा विद्युतीय बत्तीको माग बढेपछि व्यापारीमा समेत प्रतिस्पर्धा बढेको छ । उनको पसलमा ४० रुपैयाँदेखि २ हजारसम्मका विद्युतीय बत्ती पाइन्छ । 
विद्युतीय बत्ती बिक्री गर्न थालेको दुई दिनमा १५ हजारको बिक्री गरिसकेको बताउँछन् अर्का व्यापारी विजय चौधरी । विभिन्न प्रकारका पाइने भएकाले विद्युतीय बत्तीमा ग्राहकको आकर्षण बढेको कालिन्चोक इलेक्ट्रोनिक्स सपका देवेन्द्र श्रेष्ठले बताए । गुलावको फूल, पाला, फलफूल स्टाइलका बत्तीको माग बढी छ ।  उनले तिहारका लागि भनेर ३० लाखको विद्युतीय बत्ती ल्याएका छन् । 
उपत्यकामा कति विद्युतीय बत्ती तिहारमा भित्रिन्छन् भन्ने यकिन तथ्यांक नभए पनि करिब ३ करोड बराबरको भित्रिने व्यापारीको अनुमान छ । नेपालमा भारत र चीनबाट यस्ता बत्ती आउने गर्छन् । भारतीय अलि महँगो हुने भएकाले चिनियाँ बढी बिक्री हुने गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro