विदेश
काठमाडौं । आतंककारी संस्था अलकायदाका एक बरिष्ठ नेता ड्रोन आक्रमणमा मारिएको दाबी गरिएको छ ।
अमेरिकाले अफगानिस्तानमा अलकायदाका फारुक अल कतानी नाम गरेका बरिष्ठ नेतालाई लक्षित गर्दै ड्रोनबाट गरेको आक्रमणमा मृत्यु भएको अमेरिकाले दाबी गरेको बीबीसीले जनाएको छ ।
कतानी कुनार प्रान्तमा आतवारमा गरिएको आक्रमणमा मारिएको अमेरिकी सेनाका एक अधिकारले बताएका छन् ।
त्यस्तै अर्को छुट्टै आक्रमणमा उनका सहायकलाई लक्षित गरि आक्रमण गरिएको पनि अमेरिकन समाचार संस्था एनबीसी न्यूजले बताएको छ ।
घटना भएको सार्वजनिक रुपमा पुष्टि गरेपनि मृत्युबारे पुष्टि गर्न बाँकी रहेको समाचारमा उल्लेख छ ।
कतारी नागरिक रहेका कतानी साउदी अरेबियामा जन्मेका तथा अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेको बताइएको छ ।
युरोप तथा अमेरिकाको आक्रमणको षडयन्त्र गरेको आरोप उनीमाथि लगाइएको बताइएको छ ।
अफगानिस्तान सरकारका प्रवक्ता अब्दुल घानी मोसामेम आइतवार भएको आक्रमणमा दुईअरब तथा अन्य पाकिस्तानी तालीवान गरी १५ आतंककारीको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १३:११
प्रतिक्रिया दिनुहोस्