साहित्य
काठमाडौं । पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहे पनि भारत सरकारको तर्फबाट यसको स्पष्ट धारणा बाहिर आएको छ । यसको बारेमा स्पष्ट पार्दै सूचना तथा प्रशारण मन्त्री एम वेकैया नायडुले भारतमा काम गर्ने कसैलाई पनि प्रतिबन्ध नलगाइएको बताएको भारतीय सञ्चार माध्यम आजतकले आफ्नो अनलाइन संस्करणमा जनाएको छ । यद्यपि फिल्म निर्माताहरुले उनीहरुलाई काम गर्न दिदा जनताको भावनाको सम्मान गर्न आवश्यक भएको उनले बताए ।
यही विवादका कारण करण जोहारको फिल्म ऐ दिल हे मुश्किलको रिलिज रोकिएको थियो । यो फिल्ममा पाकिस्तानी कलाकार फवाद खानको विशेष भूमिका भएकाले फिल्मको रिलिज भएमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी एमएनएसले दिएको थियो । पछि भएको वार्तामा फिल्म रिलिज गर्नकमा लागि सैनिक कल्याण कोषमा ५ करोड भारतीय रुपैयाँ जम्मा गर्नुपर्ने शर्त तेस्र्याइउको थियो ।
वेकैैयले कलाको केही सीमा नहुने तर देशको सीमा हुने बताएका थिए । तर, कलाकारको पनि जिम्मेवारी हुने र उनीहरुले जनताको भावनाको कदर गर्नुपर्ने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १२:५६
प्रतिक्रिया दिनुहोस्