साहित्य
काठमाडौं । ब्याङ–ब्याङका निर्देशक सिद्धार्थ आनन्दले छिट्टैनै चिनिया प्रेमकथा ‘लभ इन बेइजिङ’ बनाउने भएका छन् । यो फिल्म प्रेम कथामा आधारित हुनेछ । जसमा नायक चीनका र नायिका भारतीय हुने भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
फिल्मको नयाक नायिकाको निधो नभइसकेपनि प्राप्त जानकारी अनुसार द मरमेडका नायक चाओले यस फिल्मा मुख्य भूमिका निभाउने छन् । नायिकामा दीपिका पादुकोण तथा प्रियंका चोपडा हुने भएका छन् ।
चीन हिन्दी फिल्मको ठूलो बजार हो । यसैलाई आधार मानेर सिद्धार्थले यो सिनेमा बनाउने इच्छा व्यक्त गरेका हुन् ।
बलिउड र हलिउडपछि दीपिका पादुकोण तथा प्रियंका चोपडा चिनियाँ फिल्मको पनि हिस्सा बन्ने भएका छन् । यो फिल्ममा कलाकारले दुवै भाषामा कुरा गर्नेछन् । फिल्मको सुटिङ २०१७ मा सुरु हुने आजतकले जनाएको छ ।
दीपिकाको पहिलो हलिउड फिल्म ट्रिपल एकस द जेन्डर केज आगामी वर्षको जनवरीमा रिलिज हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १२:४२
प्रतिक्रिया दिनुहोस्