विदेश
काठमाडौं । बलिउड सुपरस्टार आमिर खानको आउन लागेको फिल्म ‘दंगल’ को ट्रेलरले इतिहास रचेको छ । यो युट्युबमा रिलिज भएपछि २४ घण्टामा सबैभन्दा धेरै हेर्ने ट्रेलर बनेको बताइएको छ ।
६ दिनमा यसको ट्रेलर युट्युबमा २४ करोडभन्दा बढीले हेरेका छन् ।
‘दंगल’ एक वास्तविक घटनामा आधारित फिल्म हो, जुन हरियाणाका पहलवान महावीर सिंह फोगटको जीवनमा आधारित छ । यो फिल्ममा आमिरले उनको भूमिका निभाएका छन् । नितिश तिवारीले निर्देशन गरेको फिल्म डिसेम्बर २३ मा रिलिज हुने बताइएको छ ।
ट्रेलर
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ ११:३६
प्रतिक्रिया दिनुहोस्