विदेश
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले उनको देशमा रहेका अमेरिकी सैनिक दुई वर्ष भित्रमा फिर्ता पठाउन चाहेको र अमेरिकासँग उनको देशले गरेको रक्षा समझौता पनि रद्द गर्न चाहेको बताएका छन् ।
जापानको राजधानी टोकियोमा आयोजित इकोनोमिक फोरममा बोल्दै उक्त कुरा बताएका हुन् ।
फिलिपिन्सको मिन्दानाओ टापुमा काउन्टर टेरोरिजम अपेरेसनका लागि अमेरिकी सेनाको तैनाथ गएिको छ ।
यस अघि दुतेर्तेले त्यहाँका इस्लामिक बिद्रोहीले एक दशक देखि स्वतन्त्रताको लडाई लडिरहेकोले त्यसको प्रभाव पर्ने भन्दै त्यहाँबाट अमेरिकी सेना हट्नु पर्ने बताएका थिए ।
लामो समयदेखि सहकार्य गर्र्दै आएका दुई देशबीचको सम्बन्ध केही महिना अघि दुतेर्ते राष्ट्रपतिमा निर्वाचित भएपछि चिसिँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३ १६:५४
प्रतिक्रिया दिनुहोस्