विदेश
काठमाडौं । हलिउड स्टार अर्नाेल्ड स्वार्जेनेगरले चुनाव लड्न योग्य भएको भए यस वर्ष अमेरिकी राष्ट्रपति चुनावमा उठ्न उपयुक्त समय रहेको बताएको डेलिमेलले जनाएको छ ।
फिमेल फस्र्टको रिपोर्टअनुसार सन् २०११ सम्म आठ वर्ष क्यालिफोर्नियाका गभर्नर रहेका अभिनेता अस्ट्रियामा जन्मेका कारण राष्ट्रपति पदको चुनाव लड्न अयोग्य भएका हुन् । उनी योग्य भएको भए रिपब्लिकन पार्टीका तर्फबाट उमेदवारीको अभियान चलाउने महत्वकांक्षा जाहेर गरेका हुन् ।
केही समयअगाडि अर्नाेल्डले राष्ट्रपति पदको लागि रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पलाई भोट नदिने बताएका थिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १४:५६
प्रतिक्रिया दिनुहोस्